नेप्सेमा ३४.९५ अङ्कको गिरावट, होटल र म्युचुअल फण्ड बाहेक सबै उपसूचकको मूल्य बढ्यो

`

     २०७९ वैशाख १२ गते ३:४६

काठमाडौँ, ११ बैशाख । साताको दोस्रो दिन नेप्से परिसूचक ओरालो लागेको छ । आज ३४.९५ अंकले घटेर नेप्से २३८६.०१ विन्दुमा पुगेको छ ।

नेप्से सूचकसँगै आज सेन्सेटिभ इण्डेक्स ६.१९ अंक, फ्लोट इण्डेक्स २.४३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.१३ अंकले घटेका छन् ।

आज २३९ कम्पनीको ४६ हजार ४०१ कित्ता शेयर कारोबार हुदा २ अर्ब ४ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको छ ।

आज कारोबारमा आएको जालपा लघुवित्तको शेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ ।

त्यस्तै आज कारोबारमा आएको सेन्ट्रल फाइनान्सको शेयर मुल्य सबै भन्दा बढी ५.३३ प्रतिशतले घटेको छ ।

त्यस्तै आज कारोबारमा आएका होटल र म्युचुअल फण्ड बाहेक अन्य सबै उपसूचकको मुल्य बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?