तनहुँमा आफ्नै साथीको हत्याको आरोपमा ३ जना पक्राउ

`

     २०७९ वैशाख १२ गते १२:४८

काठमाडौँ, १२ बैशाख । शनिवार साँझ तनहुँको शुक्लागण्डकी नगरपालिका–५ गल्छिना बस्ने २९ वर्षीय विशाल ढुङ्गानाको हत्या भएको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी युवराज खड्काले  बताए ।

हत्यामा संलग्न आरोपमा तनहुँ प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा शुक्लागण्डकी नगरपालिका–१० बस्ने ३८ वर्षीय विमल सुनार, सोही नगरपालिका–८ बस्ने २५ वर्षीय सुशील बिक र सोही नगरपालिका–३ बस्ने ४७ वर्षीय होम बहादुर बिक छन् ।

शनिबार राति सँगै मदिरा सेवन गरेपछि सामान्य विवादमा हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?