युद्ध सुरु भएपछिको २ महिनामा युक्रेनबाट करिब ५ अर्ब आयात

`

     २०७९ वैशाख १२ गते ११:५०

काठमाडौँ, १२ बैशाख । रुस र युक्रेनबीच युद्ध सुरु भएपछिको दुई महिनामा युक्रेनबाट नेपालले करिव ५ अर्ब रुपैयाँको विभिन्न वस्तु आयात गरेको छ ।

गएको फागुन र चैत महिनामा युक्रेनबाट उक्त मूल्य बराबरको वस्तु नेपाल आएको भन्सार विभागले जनाएको छ ।

विभागका अनुसार फागुन र चैत दुई महिनामा युक्रेनबाट नेपालमा ४ अर्ब ८३ करोड २१ लाख ९२ हजार रुपैयाँको वस्तु नेपाल भित्रिएको छ ।

रुस र युक्रेनबीच २०२२ फेब्रुअरी २४ बाट युद्ध सुरु भएको थियो जुन हालसम्म चलिरहेको छ ।

चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो नौ महिना ९ साउनदेखि चैतसम्म०को अवधिमा युक्रेनबाट नेपालले १९ अर्ब २५ करोड ५५ लाख ५३ हजार रुपैयाँको वस्तु आयात गरेको छ । सो अवधिमा नेपालबाट युक्रेनमा भने मात्र १९ लाख २९ हजार रुपैयाँको वस्तु निर्यात भएको विभागको तथ्याङ्कले देखाउँछ ।

चालु आर्थिक वर्षको पहिलो ९ महिनामा युक्रेनसँग नेपालको व्यापार घाटा १९ अर्ब २५ करोड ३६ लाख २४ हजार रुपैयाँ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?