काठमाडौँ, ११ बैशाख । साताको पहिलो दिन आइतबार नेप्सेमा उच्च अंकको वृद्धि भएको छ । आज नेप्से सूचक ९५.४६ अंकले बढ्दै २४२०.९१ अंकमा उक्लिएको हो ।
यस दिन कारोबार रकममा समेत वृद्धि हुँदै २ अर्ब ५३ करोड १२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
साथै, यस दिन क वर्गको सेन्सेटिभ इन्डेक्स समेत १७.७४ अंकले बढ्दै ४६०.८८ अंकमा उक्लिएको छ । अधिकतम ९५ अंकमाथिले बढेको यस दिन अधिकांश कम्पनीका सेयर मूल्य ८ प्रतिशत माथिले बढेका छन् ।
नेप्सेका अनुसार १० वटा कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ भने, दुई दर्जन माथिका कम्पनीहरुको सेयर मूल्य ८ प्रतिशत माथिले बढेको छ ।
आज १३ वटा उपसूचकहरु मध्ये सबैभन्दा बढी हाइड्रोपावर समूहको ७.३२ अंकले बढेको छ भने सबैभन्दा कम ट्रेडिङ समूहको १.०५ प्रतिशतले मात्र बढेको छ ।




