बार्सिलोनाको रियल सोसिडाड माथि विजयी

`

     २०७९ वैशाख ०९ गते १०:०३

काठमाडौ, वैशाख ९ । स्पानिस ला लिगामा बार्सिलोनाले बिहीबार राति रियल सोसिडाडलाई १-० ले पराजित गरेको छ ।

बार्सिलोनाको जितमा पिएरे एमरिक ओबामेयाङले पहिलो हाफमा गोल गरेका थिए । उनले खेलको ११औं मिनेटमा फेरान टोरेसको पासमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए र अन्तिममा त्यही गोल तीन अंक जोड्न निर्णायक बन्यो ।

यस जितपछि बार्सिलोना एट्लेटिको मड्रिडलाई पछि पार्दै दोस्रो स्थानमा उक्लन सफल भएको छ ।

बार्सिलोनाको ३२ खेलबाट ६३ अंक छ । लेभान्टेलाई ३-२ ले हराएर ६३ अंक नै जोडेको सेभिया तेस्रो स्थानमा छ । रियल मड्रिड ३३ खेलबाट ७८ अंकसहित शीर्ष स्थानमा छ र उपाधि जित्न ४ अंक आवश्यक छ ।

अघिल्लो खेलमा क्याडिजसँग स्तब्ध भएको बार्सिलोनालाई यस जितले केही राहत मिलेको छ । क्लबका प्रशिक्षक जाभीले पनि यस जितलाई भविष्यसँग जोड्दै महत्वपूर्ण जित मानेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?