अक्सिजन प्लान्टमा विस्फोट हुँदा १ जनाको मृत्यु, ४ घाइते

`

     २०७९ वैशाख ०८ गते १०:५५

काठमाडौँ, वैशाख ८ । ललितपुरको औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा अक्सिजन प्लान्टमा विष्फोट हुँदा एकजनाको मृत्यु भएको छ । उक्त् विष्फोटमा परी ४ जना घाइते भएका छन् ।

अक्सिजन भर्ने क्रममा एक्कासी विष्फोट भएको महानगरीय प्रहरी परिसर, ललितपुरका एसपी सिद्धिविक्रम शाहले जानकारी दिए । अहिले प्रहरीले प्लान्टमा कार्यरत श्रमिकलाई उद्धार गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?