नेप्सेमा ३६.७ अङ्कको गिरावट

`

     २०७९ वैशाख ०७ गते ३:२०

काठमाडौँ, वैशाख ७ । बुधबार नेप्सेमा गिरावट आएको छ । नेप्से आज ३६.७ अंकले गिरावट आएसंगै २३२० अंकमा झरेको छ । आज सबै उपसमूहका सूचक घटेका छन् ।

दिनभर कुल १ अर्ब ४५ करोड रुपैयाँको कारोबार भएको छ । कुल ९ कम्पनीको मूल्य बढ्यो भने १८३ को घट्यो, ३ को स्थिर रहृयो ।

बैंकिङ ११, ब्यापार १५, होटल तथा पर्यटन ६८, विकास बैंक १०६, जलविद्युत ५५, फाइनान्स ६६, निर्जीबन बीमा १६९, उत्पादन ८२, अन्य ५५, लघुवित्त ७३ र जीवन बीमा २४६ अंकले घटे ।

जल्पा लघुवित्त र ग्रीन भेन्चरको मूल्य करिब १० प्रतिशतले बढ्यो  भने  नेस्डो लघुवित्तको मूल्य १० प्रतिशत नै घट्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?