संयुक्त अपिल जारी गर्नेमा संयुक्त राष्ट्रसंघ, युरोपियन युनियन, एसडिसी, यूकेएड, जाइका, नर्वेजियन राजदूतावास, फिनल्याण्डको विदेश मन्त्रालय, अष्ट्रेलियन एड, जिआइजेड, एसयनभी, कोइका, अमेरिकन राजदूतावास र अन्तराष्ट्रिय गैरसरकारी संस्था महासंघ छन् । उनीहरुले निर्वाचनको समयमा पनि विकास गतिविधिलाई बिनाअवरोध निरन्तरता दिन सरकार,राजनीतिक दल सरोकारवालाहरुसँग अनुरोध गरेका छन् । विकास सहयोयमा निष्पक्षता,जवाफदेहिता,पारदर्शिता र समावेशीताप्रति आफूहरु प्रतिबद्ध रहेको र स्थानीय तह चुनावमा पनि उक्त सिद्धान्तहरुप्रतिको प्रतिबद्धता व्यक्त गरेका छन् ।

" /> ‘‘चुनावमा चन्दा दिन्नौं, हामीलाई जबरजस्ती नगर’’ - १३ विदेशी दातृ संस्था - Sarbocha Media

‘‘चुनावमा चन्दा दिन्नौं, हामीलाई जबरजस्ती नगर’’ – १३ विदेशी दातृ संस्था

`

     २०७९ वैशाख ०३ गते ८:३८

काठमाडौँ, वैशाख ३ । संयुक्त राष्ट्रसंघलगायत नेपालको विकासका लागि सञ्चालित १३ वटा विदेशी दातृ संस्था, विकास साझेदार र अन्तराष्ट्रिय गैरसरकारी संस्थाहरुले चुनावको बेला कुनै पनि चन्दा नदिने र यस्ता कार्यका लागि आफ्ना कर्मचारीहरुलाई जबरजस्ती नगर्न अपिल गरेका छन् । उनीहरुले एक संयुक्त अपिल जारी गर्दै आफूले सञ्चालन गरिरहेका परियोजना र त्यहाँ कार्यरत कर्मचारीहरुले सामना गर्नुपरेका चुनौतीहरु प्रति चासो रहेको उल्लेख गरेका छन् । चुनावको समयमा राजनीतिक दल र तीनका कार्यकर्ताले विदेशी परियोजनामा कार्यरत कर्मचारीहरुसँग चन्दा र सहयोग माग्न थालेपछि विदेशी दातृ संस्थाहरुले अपिल जारी गरेका हुन् ।

संयुक्त अपिल जारी गर्नेमा संयुक्त राष्ट्रसंघ, युरोपियन युनियन, एसडिसी, यूकेएड, जाइका, नर्वेजियन राजदूतावास, फिनल्याण्डको विदेश मन्त्रालय, अष्ट्रेलियन एड, जिआइजेड, एसयनभी, कोइका, अमेरिकन राजदूतावास र अन्तराष्ट्रिय गैरसरकारी संस्था महासंघ छन् । उनीहरुले निर्वाचनको समयमा पनि विकास गतिविधिलाई बिनाअवरोध निरन्तरता दिन सरकार,राजनीतिक दल सरोकारवालाहरुसँग अनुरोध गरेका छन् । विकास सहयोयमा निष्पक्षता,जवाफदेहिता,पारदर्शिता र समावेशीताप्रति आफूहरु प्रतिबद्ध रहेको र स्थानीय तह चुनावमा पनि उक्त सिद्धान्तहरुप्रतिको प्रतिबद्धता व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?