कृषिमा आमूल परिवर्तन जरुरी छ : अर्थमन्त्री

`

     २०७९ वैशाख ०२ गते ६:५३

काठमाडौँ, वैशाख २ । अर्थमन्त्री जनार्दन शर्माले कृषिमा आमूल परिवर्तन जरुरी रहेको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघका पदाधिकारीहरुसँगको भेटमा अर्थमन्त्री शर्माले यस्तो बताएको हो ।

आम्दानीको महत्वपूर्ण श्रोत पर्यटन भएको भन्दै पर्यटन क्षेत्रको विकासका लागि सरकारले ध्यानमा राखेर काम गरिरहेको उनले बताए ।

संघीयता भए पनि केन्द्रीकृत मानसिकताको कारण बजेट कार्यान्वयनमा समस्या रहेको अर्थमन्त्री शर्माको भनाइ छ ।

उनले पेट्रोलियम आयात गत वर्षकै परिमाणमा भए पनि महंगीका कारण धेरै रकम आयातमा खर्च भएको उनले बताए । खाने तेल, मेसिनरी पार्टपुर्जा लगायतका सामान आयातको अवस्था पनि उस्तै रहेको उनले बताए ।

‘यसले विदेशी मद्रा सञ्चिति घट्यो, बीओपी ठूलो घाटामा गयो,’ उनले भने । ग्याँसमा प्रतिसिलिन्डर ९२५ रुपैयाँ अनुदान रहेको भन्दै अब ग्यासमा नभई विद्युतमा सुविधा दिनेतर्फ सोचिरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?