काठमाडौँ, २ बैशाख । संयुक्त राज्य अमेरिकाले दिने अनुदान नेपाल सरकारले लिने भएको छ ।
उक्त रकम लिनेबारे गत चैत ३० गते बसेको मन्त्रिपरिषदको बैठकले निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताएका छन् ।
संयुक्त राज्य अमेरिकाको विकासका लागि सहयोग निकाय (यूएसएआईडी )ले दिने ७९ अर्ब ७१ करोड अनुदान लिने निर्णय भएको मन्त्री कार्कीले बताए ।




