काठमाडौँ, २९ चैत्र । आज नेप्से ३४.७८ अंकले घटेर नेप्से २३८५.०२ विन्दुमा पुगेको छ ।
आज २३७ कम्पनीको ३१ हजार ५७६ कित्ता शेयर कारोबार हुदा १ अर्ब ५२ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको छ ।
त्यस्तै आज कारोबारमा होटल उपसूचक बाहेक सबैको शेयर मुल्य घटेको छ । आज सबै भन्दा बढी फाइनान्स उपसूचकको मुल्य २.४० प्रतिशतले घटेको छ भने अन्यको २.३२ प्रतिशतले घटेको छ ।
आज कारोबारमा आएको नेस्डो समृद्ध लघुवित्तको शेयर मूल्य सबैभन्दा बढी १० प्रतिशतले बढेको छ ।
त्यस्तै आज कारोबारमा आएको इमर्जिङ नेपाल लिमिटेड र राष्ट्र उत्थान लघुवित्तको शेयर मुल्य सबै भन्दा बढी ६.५९ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आज हिमालयन डिष्टिलरीको सबैभन्दा धेरै कारोबार भएको छ । आज यस कम्पनीको ५ करोडभन्दा बढीको शेयर किनबेच भएको छ ।




