फागुन महिनामा वार्षिक विन्दुगत ज्याला दर सूचकाङ्क ७.२६ प्रतिशतले बढ्यो

`

     २०७८ चैत्र २९ गते १:३६

काठमाडौँ, २९ चैत्र । फागुन महिनामा वार्षिक विन्दुगत तलब तथा ज्यालादर सूचकाङ्क ७.२६ प्रतिशतले बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले ८ महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सर्वजनिक गर्दै यस्तो जानकारी दिएको हो ।

अघिल्लो वर्षको सोही महिनामा उक्त सूचकाङ्क १.८९ प्रतिशतले बढेको थियो । समीक्षा महिनामा तलब सूचकाङ्क र ज्यालादर सूचकाङ्क क्रमशः ९.४४ प्रतिशत र ६.६४ प्रतिशतले बढेको बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?