काठमाडौँ, चैत २७ । पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा दमदार जित निकालेको छ । नेयमार र एमबाप्पेले ३-३ गोल गर्दा पिएसजीले घरेलु टोली क्लेरमोन्ट फुटमाथि ६–१ को फराकिलो जित निकाल्न सफल भएको हो ।
घरेलु टोलीका जोडेल डोस्सोउले एक गोल गर्दै खाता खोलेको थियो । गोलविहीन रहेका मेस्सीले ह्याट्रिक असिस्टमा भने गरे । उनले एमबाप्पेलाई दुई असिस्ट दिए भने नेयमारलाई एक अन्तिम पास उपलब्ध गराएका थिए ।
जितसँगै शीर्षस्थानमा रहेको पिएसजीको ३१ खेलबाट ७१ अंक पुगेको छ । पराजित क्लेरमोन्ट फुट २८ अंक जोडेर १७औं स्थानमा छ ।




