काठमाडौँ, २५ चैत्र । ठुृलो आर्थिक संकटमा डुबिरहेको श्रीलंकाले अन्तर्राष्ट्रिय मुद्रा कोषबाट कर्जा लिने भएको छ ।
साथै, श्रीलंकाले एसियाली विकास बैंक र विश्व बैंकसँग पनि कर्जा लिने तयारी गरिरहेको छ । श्रीलंकाले आईएमएफसँग यस बारेमा कुरा गर्न वित्तीय विशेषज्ञको ३ सदस्यीय सल्लाहकार समिति बनाइएको छ ।
यो कमिटीले सेन्ट्रल बैंक अफ श्रीलंकाका पूर्व गभर्नर इन्द्रजीत कुमारस्वामीलाई समावेश गरेको छ । कमिटीले कर्जा संकटलाई हटाउन उपायको सुझाव पेश गर्नका लागि भनेको छ ।




