नेपाल टेलिकमको नाफा करिब साढे ७ अर्ब

`

     २०७८ चैत्र २४ गते २:०५

काठमाडौँ, २४ चैत्र । नेपाल टेलिकमले ७ अर्ब ३३ करोड मुनाफा आर्जन गरेको छ । बिहीबार आयोजित कम्पनीको १४ औं वार्षिक साधारणसभामा बोल्दै नेपाल टेलिकम सञ्चालक समितिका अध्यक्ष डा.बैकुण्ठ अर्यालले यस्तो बताएका हुन् ।

अध्यक्ष अर्यालले भने, ‘अन्तराष्ट्रिय तथा अन्तरदेशीय आबद्धता सेवाबाट ५ अर्ब ८० करोड, वायरलेस सेवाबाट ३ अर्व ३३ करोड अन्य विभिन्न कार्यक्रमबाट गरी कूल राजस्व र खुद नाफा ४२ अर्व २१ करोड र ७ अर्व १३ करोड कायम गर्न कम्पनी सफल भएको छ ।’

टेलिकमले सेयरधनीहरूलाई २० प्रतिशत बोनस सेयर उपलब्ध पनि गराउने भएको छ ।

अध्यक्ष अर्यालले टेलिकमको सेवालाई गुणस्तरीय बनाउने गरी पूर्वाधार निर्माणको काममा तीव्रता दिइएको पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?