अब समुन्द्रबाट छुट्ने कन्टेनर सिधै चोभार सुख्खा बन्दरगाहमा आउँछ : अर्थमन्त्री शर्मा

`

     २०७८ चैत्र २२ गते ५:३१

काठमाडौँ, २२ चैत्र । अर्थमन्त्री जनार्दन शर्माले चोभार सुख्खा बन्दरगाहको उद्घाटन गर्दै काठमाडौं उपत्यका सडकमार्फत समुन्द्रसँग जोडिएको बताएका छन् ।

उनले भने, ‘अब समुन्द्रबाट छुट्ने कन्टेनर सिधै चोभार सुख्खा बन्दरगाहमा आउँछ । जाँचपास लगायतका काम यहीँबाट सम्पन्न हुन्छन् ।’ यसबाट व्यापार÷व्यवसायको प्रबर्द्धनमा सहयोग पुग्ने अर्थमन्त्री शर्माको भनाइ छ । ‘चोभार सुख्खा बन्दरगाह आयातको केन्द्रका रूपमा नभइ निर्यातको केन्द्रका रूपमा विकास हुनुपर्ने छ,’ उनले भने, ‘यो बन्दरगाहबाट नेपालमा उत्पादित वस्तु अन्तर्राष्ट्रिय बजारसम्म निर्यात हुनुपर्ने छ ।’

उनले यतिबेला रुस र युक्रेनबीचको युद्धले पेट्रोलियम पदार्थको मूल्य महँगिएको र रेमिट्यान्स पनि खुम्चिएको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?