नेपालमा थप २४ जना सङ्क्रमित

`

     २०७८ चैत्र २२ गते ४:५५

काठमाडौँ, २२ चैत्र । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घन्टामा २४ जनामा संक्रमण पुष्टि भएको हो।

अहिले देशभर आठ सय १२ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

त्यसैगरी पछिल्लो २४ घन्टामा ५१ जना संक्रमित निको भएका छन्।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कुनै व्यक्तिको मृत्यु भएको छैन । नेपालमा कोरोनाबाट अहिलेसम्म मृत्यु हुनेको संख्या ११ हजार ९५१ पुगेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?