अस्ट्रेलियाको बजेटमा नेपाललाई ३ करोड ११ लाख अस्ट्रेलियन डलर सहयोग घोषणा

`

     २०७८ चैत्र २२ गते २:१६

एजेन्सि, २२ चैत्र । अस्ट्रेलिया सरकारले नेपाललाई यो वर्ष गत वर्षको तुलनामा १५ लाख डलर बढी अर्थात ३ करोड ११ लाख अस्ट्रेलियन डलर सहयोग गर्ने भएको छ । केही दिनअघि अस्ट्रेलियाका ट्रेजरर जोस फ्रयाडनबर्गद्वारा प्रस्तुत बजेटमा उक्त कुरा सार्वजनिक गरिएको छ ।

अस्ट्रेलियाले हरेक वर्ष बजेटमार्फत विकासोन्मुख राष्ट्रहरूलाई सहयोग दिँदै आएको छ । यस वर्ष सार्वजनिक गरिएको बजेट अनुसार नेपालले द्धिपक्षीय बिनियोजन अन्तर्गत ९।१ मिलियन डलर पाउनेछ भने प्रत्यक्ष सहायता कार्यक्रम ९ओडीए० अन्तर्गत २२ मिलियन डलर पाउनेछ ।

अस्ट्रेलियाको केन्द्रीय सरकारमा एक दशक बढी आर्थिक सल्लाहकारको रुपमा काम गरिसकेका डा। कृष्ण हमालका अनुसार अस्ट्रेलियाले दिने द्धिपक्षीय बिनियोजन सहयोग द्धिदेशीय सम्झौता र कार्यक्रम अनुसार प्रदान गरिनेछ । मुख्यतस् अस्ट्रेलियाली सामाजिक संस्थाको माध्यमबाट प्रदान गरिने उनले सुनाए ।

सरकारको वैदेशिक मामिला तथा ब्यापार विभागले सार्वजनिक गरेको रिपोर्ट अनुसार सहयोग मुख्य गरेर तीन प्राथमिकताका क्षेत्र स्वास्थ्य सुरक्षा, स्थिरता र आर्थिक सुधारमा केन्द्रित हुने छ । अस्ट्रेलियाले नेपालसँग ६० वर्षभन्दा लामो द्धिदेशीय सम्बन्ध रहेको जनाउँदै नेपालको स्वास्थ्य सुरक्षा, स्थिरता, आर्थिक सुधार लगायत क्षेत्रमा मिलेर काम गर्ने समेत उल्लेख गरेको छ । अस्ट्रेलियाले आफ्नो बजेटमा यस पटक १ अर्ब १५ करोड डलर दक्षिणपुर्वी एसियामा सहयोग दिने घोषणा गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?