फेरी सर्‍यो एन्फाको चुनाव

`

     २०७८ चैत्र २२ गते १:५३

काठमाडौँ, २२ चैत्र । अखिल नेपाल फुटबल संघ (एन्फा)को १५ जेठमा गर्ने भनिएको चुनाव ६ असारमा गर्नेगरी मिति सारिएको छ ।

पटक–पटक स्थगित भएपछि गत १५ चैतमा सम्पन्न विशेष साधारण सभाले चुनाव १५ जेठमा गर्ने निर्णय गरेको थियो । तर, एन्फा सचिवालयले विशेष साधारण सभाको निर्णय उल्टाउँदै कार्यसमिति सदस्यहरू, जिल्ला र क्लबहरूलाई पठाएको ‘केन्द्रीय कार्यसमितिको निर्वाचन प्रक्रियासम्बन्धी कार्यक्रम’मा एन्फाको चुनाव ६ असारमा गर्ने जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?