सात महिनामा करिब ३७ अर्बको धान तथा चामल आयत

`

     २०७८ चैत्र २२ गते १२:४७

काठमाडौँ, २२ चैत्र । चालु आर्थिक वर्षको पहिलो सात महिनामा विभिन्न देशबाट नेपालमा कूल ३६ अर्ब ७६ करोड ५१ लाख १९ हजार रुपैयाँको धान तथा चामल भित्रिएको छ । २०७८ साउन देखि फागुन मसान्तसम्मको अवधिमा भित्रिएको हो ।

भन्सार विभागको तथ्याङ्क अनुसार पछिल्लो आठ महिनामा नेपालले २२ अर्ब ७५ करोड ७९ लाख ९४ हजार रुपैयाँको चामल आयत गरेको छ । सो मुल्यमा ४३ करोड ४१ लाख ३२ हजार ३२२ केजी चामल नेलालले आयात गरेको हो ।

सोही अवधिमा विभिन्न देशबाट १४ अर्ब ७७ लाख ६३ हजार रुपैयाँको धान नेपालले आयात गरेको छ । सो मुल्यमा ४७ करोड ७३ लाख ११ हजार ९८२ केजी धान नेपाल भित्रिएको विभागले जानकारी दिएको छ ।

नेपालमा धान तथा चामल भारत, चीन, दक्षिण कोरिया, ताइवान, थाइल्याण्ड, इन्डोनेसिया, जापान, अमेरिकी, इटाली, बेलायत, भियतनाम र अष्ट्रेलियाबाट भित्रने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?