काठमाडौँ, २२ चैत्र । चर्च ब्वाइज युनाइटेड ए डिभिजन लिगमा बढुवा भएको छ ।
एन्फा कम्लेक्स सातदोबाटोमा भएको खेलमा बाँसबारी क्लबलाई ५–१ गोल अन्तरले हराउने क्रममा साइमन लिम्बू एक्लैले चार गोल गरे । यस्तै आशिष चौधरीेले १ गोल १७ औं मिनेटमा गरेका थिए । बाँसबारीको तर्फबाट सन्जीव धिमालले ५८औं मिनेटमा गोल गरे ।
१२ खेलमा २६ अंक जोडेको चर्च ब्वाइज बी डिभिजन लिगमा १ खेल बाँकी छँदै शीर्ष डिभिजनमा बढुवा भएको हो ।
पोहोर चैतमा भएको सी डिभिजन लिगको विजेता बन्दै चर्च ब्वाइज बी डिभिजनमा बढुवा भएको थियो । त्यसको एक वर्षमा नै चर्च ब्वाइज फेरि बढुवा भएर ए डिभिजनमा उक्लिएको हो ।
बी डिभिजनबाट दुई टिम ए डिभिजनमा उक्लिने छन् ।




