काठमाडौँ, २१ चैत्र । प्रहरीले ९० किलो लागुऔषध गाँजासहित १ जना भारत मोजफरपुर जिल्ला थाना काटी हरिचन्द्र गाउँ पानापुर बस्ने ३५ वर्षीय असगर अलि पक्राउ परेका छन् ।
मकवानपुरको मनहरी गाउँपालिका-६स्थित पुर्वपश्चिम लोकमार्ग सडकखण्डमा चितवनतर्फबाट मनहरी आउँदै गरेको भारतीय ट्रकलाई चेक जाँच गर्दा क्याबिनमा गाँजासहित उनलाई ईलाका प्रहरी कार्यालय मनहरीले पक्राउ गरेको हो ।




