पीएसजीको लोरिएन्ट माथि सानदार जित

`

     २०७८ चैत्र २१ गते ९:५५

एजेन्सी, २१ चैत्र । फेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले सानदार जित निकालेको छ । गएराति भएको खेलमा पीएसजीले लोरिएन्टलाई ५–१ गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा पीएसजीलाई सानदार जित दिलाउनको लागि नेयमार र एमबाप्पेले समन दुई–दुई गोल गरे भने एक गोल लियोनेल मेस्सीले थपे । लोरिएन्टको तर्थबाट तेरेम मोफीले एक गोल फर्काए ।

यो जितसँगै शीर्षस्थानमा रहेको पिएसजीको ३० खेलबाट ६८ अंक पुगेको छ । पिएसजीले शीर्षस्थानमा १२ अंकको स्पष्ट अग्रता लिएको छ । दोस्रो स्थानको मार्सेको ५६ अंक छ । पराजित लोरिएन्ट २८ अंक जोडेर १६औं स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?