माधव नेपालसहितका १४ सांसदको मुद्दा ‘हेर्न नमिल्ने’

`

     २०७८ चैत्र २० गते १:०८

काठमाडौँ, २० चैत्र । नेकपा एमालेले माधवकुमार नेपालसहित १४ सांसदविरुद्ध दिएको रिटमाथि आइतबार सुनुवाइ नहुने भएको छ ।

न्यायाधीशहरु अनिलकुमार सिन्हा र नहकुल सुवेदीको इजलासमा परेको उक्त मुद्दा न्यायाधीश सुवेदीले आफूले हेर्न नमिल्ने बताएका छन् ।

सांसद सोमप्रसाद पाण्डे संलग्न एक मुद्दामा आफूले आदेश गरेकाले अहिले उनीसमेत विपक्षी भएको रिटको सुनुवाइ गर्न नमिल्ने भनी न्यायाधीश सुवेदीले इजलासमा जानकारी गराएका स्रोतले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?