काठमाडौँ, चैत्र १८ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले विराटनगरमा शुक्रबार सञ्चारकर्मीसँग कुराकानी गर्दै विराटनगर विमानस्थलबाट लुक्ला फ्लाइट हुने बताएका छन् ।
मन्त्री आलेले विराटनगर विमानस्थललाई क्षेत्रीयस्तरको अन्तर्राष्ट्रिय विमानस्थलमा स्तरोन्नतिका लागि जग्गा अधिग्रहण गर्न आवश्यक बजेट आउँदो बजेटमा व्यवस्था गर्ने बताए ।
उनले आउँदो तीनै तहको निर्वाचनमा सत्तारूढ गठबन्धन एकजुट भएर निर्वाचनमा जाने विश्वास व्यक्त गरे ।




