काठमाडौँ, १७ चैत्र । मन्त्रिपरिषद बैठकले ३ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी)लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवा गरेको छ।
बिहीबार बिहान बसेको मन्त्रिपरिषद बैठकले डिआइजीहरू धीरजप्रताप सिंह, वसन्तकुमार पन्त र रविन्द्रबहादुर धानुकलाई बढुवा गरेको हो।
गृह मन्त्रालयले गत चैत १ गते उनीहरूलाई एआइजी बढुवामा सिफारिस गरेको थियो। लोकसेवा आयोगमा उजुरी परे पनि आयोगले त्रुटि नभेटेको भन्दै राय दिएपछि सिंह, पन्त र धानुकको बढुवा अघि बढेको हो।




