काठमाडौँ, १५ चैत्र । सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएका तिलप्रसाद श्रेष्ठ संसदीय सुनुवाइ समितिबाट सर्वसम्मत अनुमोदन भएका छन् ।
मंगलबार भएको संसदीय सुनुवाइपछि सर्वोच्च अदालतको न्यायाधीशमा श्रेष्ठलाई समितिले सर्वसम्मत अनुमोदन गरेको समिति सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए ।
संसदीय सुनुवाइ समितिमा न्यायाधीशमा सिफारिस श्रेष्ठले आफ्ना कार्ययोजना र विगतमा गरेका कामको विवरण प्रस्तुत गरेका थिए । उनले न्यायालयप्रति जनताको आस्था र विश्वास बढाउने काम गर्नुपर्ने धारणा राखेका थिए ।




