सानेपामा एन्फाको विशेष साधारण सभा सुरु

`

     २०७८ चैत्र १५ गते १२:१४

काठमाडौँ, १५ चैत्र । अखिल नेपाल फुटबल संघ (एन्फा)को विशेष साधारण सभा सानेपास्थित हेरिटेज गार्डेनमा सुरु भएको छ ।

एन्फाले यसअघि प्राविधिक कारण देखाउँदै फागुन ८ गतेको लागि डाकिएको एन्फाको विशेष साधारण सभा स्थगित गरेको थियो ।

साधारण सभामा आगामी वर्षको जेठ १५ गते हुने निर्वाचनमा केन्द्रित एजेन्डाहरूमा छलफल हुने बताइएको छ । निर्वाचन समिति गठन, निर्वाचन पुनरावेदन समिति गठन, उम्मेदवारको मनोनयन शुल्क निर्धारण र वार्षिक कार्यक्रम तथा बजेटको लेखा परीक्षण प्रतिवेदन लगायतको विषयमा साधारण सभा छलफल हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?