रुसको आक्रमणबाट करिब ५६५ अर्ब डलरको नोक्सानी

`

     २०७८ चैत्र १४ गते ७:०९

काठमाडौँ, १४ चैत्र । रुसको आक्रमणबाट युक्रेनमा अहिलेसम्म करिब ५६५ अर्ब डलरको नोक्सानी भएको तथ्याङ्क निकालिएको छ । युक्रेनको अर्थव्यवस्थामन्त्री यूलिया स्विरिडेनकोले सामाजिक सञ्जालमा एक पोष्ट गर्दै सो जानकारी दिएकी हुन् ।

उनले ११९ अर्ब डलर लागत बराबरको पूर्वाधार ध्वस्त भएको उल्लेख गरेकी छन्, जसमा ८ हजार किलोमिटर सडक, दर्जनौं रेल्वे स्टेसन र विमानस्थल रहेका छन् ।

त्यस्तै २०२२ को राष्ट्रिय ग्राह्यस्थ उत्पादनमा ११२ अर्ब डलरको नोक्सानी भएको उनले उल्लेख गरेकी छन् ।

त्यसैगरी आम नागरिकको साढे ९० अर्ब डलर नोक्सान भएको बताएकी छन्, जसमा एक करोड स्क्वायर फिट आवास, दुई लाख भन्दा बढी कार ध्वस्त भएका छन् ।

उनले ८० अर्ब डलर बराबरको व्यवसाय र उद्योग, ५४ अर्ब डलरको लगानी र ४८ अर्ब डलरको राज्य बजेटको नोक्सान भएको उल्लेख गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?