काठमाडौँ, १४ चैत्र । गएराति भएको खेलमा जमैकालाई ४-० गोल अन्तरले पराजित गर्दै क्यानडा कतारमा हुने विश्वकपको लागि छनोट भएको छ ।
घरेलु मैदानमा क्यानडालाई सानदार जित दिलाउनको लागि सायल लारिन, टाजोन बुचानान र जुनियर होइलेटले समान एक–एक गोल गरे भने एक गोल भने उपहार पाएको थियो ।
यो जितसँगै कोन्काफ क्षेत्रमा शीर्षस्थानमा रहेको क्यानडाको १३ खेलबाट २८ अंक पुगेको छ । पराजित जमैकाको १३ खेलबाट ८ अंक रहेको छ । यो क्षेत्रबाट तीन टोलीले सिधै विश्वकपमा स्थान बनाउनेछ ।
क्यानडा दोस्रोपटक विश्वकपमा छनोट भएको हो । यसअघि क्यानडा १९८६ को विश्वकपमा छनोट भएको थियो ।




