काँग्रेस केन्द्रीय कमिटीको बैठक आगामी चैत्र १३ गते बस्ने

`

     २०७८ चैत्र ११ गते ६:४९

काठमाडौँ, ११ चैत्र । नेपाली काँग्रेसको आइतबार ११ बजे बस्ने गरी केन्द्रीय कमिटीको बैठक सकिएको छ । शुक्रबार पार्टी कार्यालय सानेपामा बसेको बैठकमा २० जिल्लामा खटिएका केन्द्रीय प्रतिनिधिहरुले आफ्नो धारणा राखेका थिए ।

यस्तै बैठकमा ६ प्रदेशका सभापति र गण्डकी प्रदेशका मुख्यमन्त्रीले आफ्नो धारणा राखेका थिए । धारणा राख्ने अधिकांशले आगामी वैशाख ३० गतेका लागि निर्धारण गरिएको स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्न नहुने बताएका थिए । बैठकमा महामन्त्री गगन थापाले बैठकका एजेन्डा प्रस्तुत गरेको केन्द्रीय सदस्य प्रकाश रसाइली स्नेहीले जानकारी दिए ।

बैठकमा अधिकांश प्रतिनिधिले तल्लो तहलाई जिम्मेवारी दिएर गठबन्धन गरेर जानुपर्ने धारणा राखेका थिए । सिन्धुलीका मुक्ता यादवले भने एमालेसँग गठबन्धन गर्नुपर्ने धारणा राखेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?