काठमाडौँ, चैत्र १० । बिहीबार सेयर बजारको परिसूचक नेप्सेमा गिरावट आएको छ । नेप्से १६. ६९ अंकले घटे पछि नेप्से २६१३ अंकमा कायम भएको छ ।
कुल ३ अर्ब २४ करोड रुपैयाँको सेयर कारोबार भएको छ ।
कुल ४९ कम्पनीको मूल्य बढ्यो भने १४१ कम्पनीको घट्यो । ४ कम्पनीको भने स्थिर रह्यो । बैंकिङ १३, विकास बैंक ९२, फाइनान्स ४३, होटल तथा पर्यटन ४३, जलविद्युत ३१, उत्पादन ८३, लघुवित्त २०, अन्य ३० र व्यापार उपसमूह २१ अंकले घटे । निर्जीवन बीमा १२७ र जीवन बीमा भने ३६९ अंकले बढे । बीमा कम्पनीहरुको पुँजी बढाइने चर्चाले ती उपसमूहमा बिहीबार प्रभाव देखिएको छ ।
तीन कम्पनीको मूल्य १० प्रतिशत हाराहारीमा बढेको छ । राष्ट्रउत्थान लघुवित्त, इमर्जिङ नेपाल, युनाइटेड इदी मर्दीको मूल्य १० प्रतिशत बढ्यो । कारोबार रकमका आधारमा जीवन विकास लघुवित्त, नेपाल टेलिकम, लाइफ इन्स्योरेन्स कर्पोरेसन, अपी पावर र गुराँस लाइफ इन्स्योरेन्स कम्पनी कारोबारका आधारमा अगाडि रहे ।




