एजेन्सि, १० चैत्र । आगामी सन् २०२८ मा हुने युरोकप फुटबल आयोजनाका लागि बेलायत र आयरल्याण्डले संयुक्तरूपमा दाबी गरेको युरोपियन फुटबलको सर्वोच्च निकाय यूईएफएले जानकारी दिएको छ । युईएफएले आगामी मार्च २३ सम्म दाबी पेश गर्ने समयसीमा तोकेको थियो।
युक्रेनमाथि आक्रमणको विरोध गर्दै रूसी क्लब र राष्ट्रिय टोलीहरू हाल फिफा र युइएफएद्वारा निलम्बित छन् । प्रतिबन्धका बाबजुत पनि रूसले सन् २०२८ र २०३१ को युरोकप आयोजना गर्ने दाबी पेश गरेको छ।
यस्तै टर्कीले पनि २०२८ र २०३२ को युरोकप आयोजनाका लागि दाबी पेश गरेको छ।
यो सँगै सन् २०२८ को युरोकप आयोजनाका लागि बेलायत, आयरल्याण्ड, रूस र टर्कीले दाबी पेश गरेका हुन्।
युईएफएका अनुसार आयोजकको घोषणा २०२३ को सेप्टेम्बरमा गरिनेछ।




