काठमाडौं, चैत ९ । प्रहरी प्रधान कार्यालय काठमाडौंले २५ डिएसपीको काज सरुवा गरेको छ । साथै सरुवामा १० जिल्लाका प्रहरी प्रमुख पनि फेरिएका छन् । सरुवाअनुसार ताप्लेजुङमा कैलाश राई, हुम्लामा कृष्णराज ओझा, म्याग्दीमा तिलक भारती, दार्चुलामा प्रतिक विष्ट, पूर्वी रुकुममा प्रकाश डाँगी, पश्चिम रुकुममा विष्णु सोती मनाङमा प्रेम सागर केसीलाई पठाइएको छ ।
त्यस्तै सुकदेव खनाललाई ओखलढुंगा, डिएसपी सन्तोष निरौलालाई जाजरकोट,सुनिलजंग शाहलाई सोलुखुम्बुको जिल्ला इन्चार्जमा पठाइएको छ । यी जिल्लाका डिएसपीहरुको सरुवा पुस महिनामै हुनुपर्नेमा अत्याधिक राजनीतिक दबाबका कारण ढिलो गरी सरुवा भएको हो । साथै प्रहरी प्रधान कार्यालयले ठूलो संख्यामा इन्सपेक्टरको पनि सरुवाको तयारी गरिरहेको छ ।






