काठमाडौँ, ९ चैत्र । आईसीसी विश्वकप क्रिकेट लिग टू खेलेर नेपाली राष्ट्रिय टोली आज स्वदेश फर्कने भएको छ । नेपाली टोली साँझ ७:१० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।
लिगमा चार खेल खेलेको नेपाल दुई खेलमा जित र दुई खेलमा पराजित भएको थियो ।
स्वदेश फर्केपछि नेपाली टोलीले घरेलु मैदानमा पीएनजीसँग दुई एकदिवसीय खेल खेल्ने छ । त्यस्तै मलेसिया र पीएनजीसँग त्रिदेशीय टी–ट्वान्टी सिरिज खेल्नेछ ।




