नेपालको ७ विकेटको जित

`

     २०७८ चैत्र ०८ गते ५:५८

काठमाडौँ, ८ चैत्र । नेपालले आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा पपुवा न्युगिनीलाई ७ विकेटले पराजित गरेको छ ।

पपुवा न्युगिनीलके दिएको १७४ रनको लक्ष्य पछाएको नेपालले ३७ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको हो ।

नेपालको जितमा कुशल भुर्तेल र आरिफ सेखले अर्धशतकीय पारी खेलेका थिए । कुशलले ५० रन बनाए भने आरिफले अविजित ५९ रन बनाएका थिए ।

त्यस्तै रोहित पौडेलले अविजित ४४ रन बनाए भने आसिफ सेखलले २ र दिपेन्द्र सिंह ऐरी शुन्यमा आउट भएका थिए ।

पपुवा न्युगिनीका चार्लेज अमिनीले २ विकेट लिए भने काबुआ मोरियाले एक विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरको पपुवा न्यूगिनीले ५० ओभरमा ८ विकेट गुमाउदै १७३ रन बनाएको थियो ।

पपुवा न्यूगिनीका लागि कप्तान असाद भालाले सर्बाधिक ४५ रन बनाए भने लेगा सिआकाले २० रन बनाए । त्यस्तै सेसे बाउले १९, नोरमान भानुआले १८, चार्लेज अमिनीले १३ रनको योगदान दिए । त्यसैगरी चाद सोपरले अविजित २२ र काबुआ मोरियाले अविजित १७ रन बनाए ।

त्यसैगरी नेपाली बलर सोमपाल कामी र सन्दीप लामिछानेले २-२ विकेट लिए भने करण केसी, आरिफ सेख, दिपेन्द्र सिंह ऐरी र पवन सराफले एक एक विकेट लिए ।

नेपालले यस सिरिजमा खेलेका चार खेलमा २ जित र २ हार बेहोरेको छ । नेपाललेपपुवा न्युगिनीलाई दुवै खेलमा हराएको छ भने युएईविरुद्धका दुवै खेलमा हार बेहोरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?