नेपालमा थप ४५ जना सङ्क्रमित

`

     २०७८ चैत्र ०७ गते ५:२२

काठमाडौँ, ७ चैत्र । पछिल्लो २४ घण्टामा थप ४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दुई हजार ९७८ पीसीआर परीक्षणमा ४१ जना र एक हजार ७७४ एन्टिजेन परीक्षणमा चार जना गरी कूल ४५ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमणमुक्त हुनेको संख्या १४७ रहेको छ मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको मृत्यु भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?