नेप्सेमा १८.०७ अङ्कको वृद्धि

`

     २०७८ चैत्र ०७ गते ३:१८

काठमाडौँ, ७ चैत्र । साताको दोस्रो दिन सेयर बजारको परिसूचक नेप्से वृद्धि भएको छ । नेप्से १८.०७ अंक बढेसागै नेप्से २६३४ अंकमा कायम भएको छ । आज २ अर्ब ५९ करोडको कारोबार भयो ।

कुल १५६ कम्पनीको मूल्य बढ्दा ३१ को घट्यो भने ५ को स्थिर रह्यो । बैंकिङ ५, विकास बैंक १३२, फाइनान्स ५६, जलविद्युत् ८३, जीवन बीमा १६८, उत्पादन ३३, लघुवित्त ३३, निर्जीवन बीमा ४६ र व्यापार उपसमूह २८ अंकले बढे । अन्य ४२ र होटल तथा पर्यटन उपसमूह १३ अंक घटे ।

इमर्जिङ नेपालको मूल्य १० प्रतिशत बढ्यो । हालै सूचीकृत यो कम्पनीको मूल्य प्रतिकित्ता ५७१.७० रुपैयाँ पुगेको छ । ङादी ग्रुप पावरको मूल्य ७.६ प्रतिशत बढ्यो । टेलिकमको मूल्य सबैभन्दा धेरै २.९ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा टेलिकम, अरुणभ्याली, जीवन विकास लघुवित्त, अपी पावर र शिवम् सिमेन्ट क्रमशस् अगाडि रहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?