काठमाडौँ, ६ चैत्र । नेपाल राष्ट्र बैंकले विदेशबाट वस्तुको आयात गर्न एलसी खोल्दा शतप्रतिशत मार्जिन राख्नुपर्ने व्यवस्था गर्दा समस्यामा परेको व्यवसायीहरूले बताएका हुन् ।
नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले सामान आयातमा सतप्रतिशत मार्जिन व्यवस्थाले व्यापारीहरूलाई मानसिक तनाब बढाएको बताए ।
कटुवालले भने, ‘अहिले भन्सारमा सामान ल्याउने कन्टेनरको समेत भाडा बढेकाले बजारमा आउने समानको अत्याधिक मूल्यवृद्धि भएको छ,’ उनले भने, ‘साना तथा मझौला व्यवसायीहरुको पहुँच नपुग्ने भएकाले सरकारले साना व्यवसायीहरुलाई उपेक्षा गरेको अध्यक्ष कटुवालले आरोप लगाए ।’
यस्तै, काठमाडौंको महावौद्धमा कपडा व्यापार गर्ने व्यापारी झविन्द्र जीसीले तीन महिना अगाडि गर्मी महिनाको सामान खरिद गरे पनि अहिलेसम्म भन्सारबाट सामान नआएको बताए ।
अर्का व्यापारी कुलेन्द्र जीसीले अर्डर गरिएका समान भन्सारबाट सहज रुपमा पाँच महिनासम्म नआउँदा व्यापार नै ठप्प रहेको बताए । व्यापारीहरुले पाँच महिना अगाडि अर्डर गरेको समान समयमा नै नआउँदा व्यापार गर्न समेत नपाएको उनको भनाइ छ ।




