नेप्सेमा १४.६७ अङ्कको गिरावट

`

     २०७८ चैत्र ०६ गते ३:२८

काठमाडौँ, ६ चैत्र । साताको पहिलो दिन आइतबार सेयर बजारको परिसूचक नेप्सेमा दोहोर अंकको गिरावट आएको छ । आज १४.६७ अंकले घटेर नेप्से २६१६ अंकमा कायम भएको छ ।

सो दिन कारोबार रकम जम्मा २ अर्ब २७ करोडमा खुम्चिएको छ । कुल १४१ कम्पनीको मूल्य घट्यो भने ४६ को बढ्यो, ६ को स्थिर रह्यो ।

बैंकिङ ८, विकास बैंक ५३, फाइनान्स २५, होटल तथा पर्यटन ६३, जलविद्युत् १३, जीवन बीमा १९७, उत्पादन ६८, माइक्रोफाइनान्स ५, निर्जीवन बीमा ७४, अन्य ३२ र ब्यापार उपसमूह ४१ अंकले घटे । लगानी उपसमूह भने १.४४ अंकले बढ्यो ।

राष्ट्रउत्थान लघुवित्त र इमर्जिङ नेपालको मूल्य १० प्रतिशतले बढ्यो । निफ्राको मूल्य ४.८ प्रतिशतले बढ्यो । कारोबार रकमका आधारमा नेपाल लाइफ इन्स्योरेन्स, जीवन विकास लघुवित्त, नेपाल टेलिकम, अपी पावर र नेपाल बैंक क्रमशस् अगाडि रहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?