काठमाडौं, चैत ५ । रुसले युक्रेनमाथि हमला गरेदेखि नै विश्वव्यापी खाद्य र उर्जाको मूल्य आकासिएको छ । रुसी हमलाको असर संसारभरी परिरहेको छ । २४ फेब्रुअरीमा रुसले युक्रेनमाथि हमला गरेदेखि नै विश्वव्यापी खाद्य र उर्जाको मूल्य आकासिएको हो। अमेरिकी थिङ्क ट्याङ्क, सेन्टर फर ग्लोबल डेभलपमेन्ट(सीजिडी) ले मूल्य जति आकासिएको छ त्यसले संसारभरीका करिब ४ करोड मानिसलाई अत्यधिक गरिबीतर्फ धकेल्न सक्ने चेतावनी दिएको छ ।
रुस र युक्रेनमा संसारको २९ प्रतिशत गहुँको उत्पादन हुन्छ । संसारभरी उत्पादन गरिने कुल मलको छैटौँ हिस्सा रुस र बेलारुसबाट आउँछ । अमेरिकी थिंक ट्याङ्कका अनुसार यी झट्काको असर व्यापक रुमिा महसुस गरिनेछ तर गरिब देशलाई यसले सबैभन्दा बढी प्रभावित गर्नेछ । सिजिडीका विशेषज्ञले जी–२० समेत खाद्य उत्पादकले आफ्नो बजार खुल्ला राख्नुपर्ने र उनीहरुमाथि कुनै पनि प्रकारको प्रतिबन्ध लगाउन नहुने भन्दै सल्लाह दिइरहेका छन् । यसैबीच सरकार र अन्तरराष्ट्रिय संस्थाले मानवीय आवश्यकताका लागि तीब्र रुपमा काम गर्नुपर्छ ।




