एन्जिलाको जीवनमा फिल्म ‘अन्जिला’ बन्ने, फिल्ममा एन्जिलासहित दयाहाङ राई, बुद्धि तामाङ रहने

`

     २०७८ चैत्र ०४ गते ५:१८

काठमाडौँ, ४ चैत । महिला राष्ट्रिय फुटबल खेलाडी एन्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित रहेर फिल्म ‘अन्जिला’ बन्ने भएको छ । शुक्रबार राजधानीमा एक कार्यक्रमका बीच फिल्म निर्माणको घोषणा गरिएको हो ।

फिल्ममा खेलाडी एन्जिला स्वयंको मुख्य भूमिका रहनेछ । उनीसँगै दयाहाङ राई, सिर्जना सुब्बा, माओत्से गुरुङ, बुद्धि तामाङ, प्रेम कुमार श्रेष्ठ लगायत कलाकारको अभिनय रहने कार्यक्रममा जानकारी दिइयो । फिल्म मिलन चाम्सले निर्देशन गर्न लागेका हुन् ।

कार्यक्रममा युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले फिल्म र खेलकुद देशको पहिचानसँग जोडिएकाले यी दुवै क्षेत्र एकसाथ अगाडि बढ्नु पर्ने बताए । मन्त्री गहतराजले एन्जिलाको जीवनीमा बन्न लागेको फिल्म खेल क्षेत्रमा आफ्नो भविष्य बनाउन चाहने धेरैका लागि प्रेरणा बन्ने धारणा राखे ।

फिल्ममा एन्जिलाले फुटबलर बन्नका लागि गरेको संघर्ष र सफलताको कथा समेट्ने निर्देशक चाम्सले बताए । ‘एन्जिलाको बालापनदेखि खेल जीवनसम्मको कथालाई फिल्ममा देखाउने छौं । फिल्मले खेलाडी बन्न प्रेरित गर्नेछ’ निर्देशक चाम्सले भने । आफ्नो जीवनीमा फिल्म बन्नु आफ्नो लागि ठूलो उपलब्धि भएको एन्जिलाले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?