बैङ्क अफ काठमान्डु लिमिटेड र हेफर नेपाल बिच वित्तीय साक्षरता कार्यक्रम सञ्चालनमा सहकार्य

`

     २०७८ चैत्र ०२ गते ५:५५

काठमाडौँ,  २ चैत्र । बैंक अफ काठमाण्डू लिमिटेड र हेफर नेपालबिच सहकार्यको लागी सम्झौता भएको छ ।  संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत विभिन्न ग्रामीण क्षेत्रहरुमा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रमहरु संचालन गर्न बैंक अफ काठमाण्डू लिमिटेड र हेफर नेपालबिच सम्झौता भएको हो ।

बैंकका प्रमुख संस्थागत निक्षेप दिलिप पोखरेल तथा हेफर नेपालको प्रमुख डा. शुभ नाथ महतोद्वारा हस्ताक्षर उक्त सम्झौता अनुसार बैंकले हेफर नेपालसंगको सहकार्यमा देशका विभिन्न स्थानहरुमा बैंकिङ्ग क्षेत्र भन्दा बाहिर रहनुभएका महानुभावहरुलाई बैंकिङ्ग चेतना अभिबृद्धि र वित्तीय कारोबारमा प्रोत्साहन गरि बैंकिङ्ग पहुँचमा ल्याउने लक्ष्य रहेको छ । उक्त कार्याक्रम संचालनको लागि बैंक र हेफर नेपालको सहकार्यमा बैंकिङ्ग तथा वित्तीय साक्षरता सम्बन्धी विभिन्न सन्र्दभ सामाग्री निमार्ण गरि यस कार्यक्रमलाई प्रभावकारी बनाउन बैंक र हेफर नेपाल प्रतिबब्द्घ रहेको छ ।

बैंक अफ काठमाण्डू लिमिटेडले ९७ शाखा कार्यालयहरु, ८५ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?