आगामी चैत ९ गतेदेखि चितवनमा ‘कृषि कर्जा मेला’ आयोजना हुँदै

`

     २०७८ चैत्र ०१ गते ३:४३

काठमाडौँ, चैत १ । आगामी चैत ९ गतेदेखि चितवनमा ‘कृषि कर्जा मेला’ आयोजना हुने भएको छ ।

नेपाल कृषि मेशिनरी व्यवसायी संघ र आर एण्ड डी इनोभेटिभ सोलुसन प्रालिले संयुक्त रुपमा चितवनको भरतपुरस्थित एक्स्पो सेन्टरमा चैत ९ गतेदेखि १२ गतेसम्म मेला आयोजना गर्न लागेका हुन् ।

यो मेलाले बैंक र कृषकहरूलाई एकै थलोमा भेला गराई कृषि वित्तीय साक्षरता अभिवृद्धि गराउने र कृषि कर्जा मैत्री नीति निर्माणमा सहयोग पुर्याउने अपेक्षा गरिएको मेला संयोजक सुष्मा शर्माले बताइन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?