नेप्सेको अनलाइन कारोबार प्रणालीमा समस्या देखिँदा सेयर कारोबार बन्द

`

     २०७८ फाल्गुन ३० गते ७:५४

काठमाडौँ, ३० फाल्गुन । नेप्सेको अनलाइन कारोबार प्रणालीमा समस्या देखिँदा सेयर कारोबार रोकिएको छ ।

१२ बजेर ५२ मिनेटदेखि बजारमा कारोबार रोकिएको हो ।

टीएमएसको डाटा सेन्टरमा प्राविधिक समस्या आएकाले केही समय कारोबार रोकिएको नेप्सेले जानकारी दिएको छ । नेप्सेले समस्या समाधान हुनासाथ कारोबार शुरु हुने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?