काठमाडौँ, फाल्गुन २९ । भन्सार विभागको अनुसार साउनदेखि माघ मसान्तसम्म ७ महिनाको अवधिमा कुल १ खर्ब ६ अर्ब ५२ करोड रुपैयाँको पेट्रोल र डिजेल भित्रिएको छ । सो रकमको पेट्रोल र डिजेलमा ५४ अर्ब ५३ करोड रुपैयाँ बराबर राजश्व मात्रै संकलन भएको छ ।
विभागका अनुसार सात महिनाको अवधिमा कुल ७२ अर्ब ९६ करोड रुपैयाँ बराबरको डिजेल भित्रिएको छ । सो आयातबाट ३३ अर्ब १९ करोड रुपैयाँ राजश्व संकलन भएको छ । सो अवधिमा ३३ अर्ब ६९ करोड करोड रुपैयाँको पेट्रोल आएको छ । सो पेट्रोलवापत सरकारले २१ अर्ब ३३ करोड रुपैयाँ राजश्व संकलन गरेको छ ।
सात महिनाको अवधिमा सरकारले डिजेलबाट सबैभन्दा धेरै राजश्व संकलन गरेको छ । जीप, कार र भ्यान शिर्षकमा सरकारले सात महिनामा कुल २७ अर्ब ६९ करोड रुपैयाँ राजश्व संकलन गरेको छ । मोटरसाइकलको आयातवापत १२ अर्ब ७५ करोड राजश्व संकलन भएको छ । राजश्व धेरै संकलन भएका अरु वस्तुमा क्रमशस् तयारी कपडा, एलपी ग्यास, एमएस बिलेट मोटरसाइकल (अनएसेम्बल्ड), मोबाइल टेलिफोन र एचआर सिट क्रमश छन् ।




