डबल राउण्ड रोबिनको आधारमा हुने च्याम्पियनसिपको उद्घाटन खेलमा नेपालले आयोजक भारतसँग खेल्नेछ।

नेपाल र भारतबीचको खेल मार्च १५ मा हुनेछ भने दोस्रो खेलमा नेपालले मार्च १७ मा बंगलादेशको सामना गर्नेछ।

यस्तै मार्च २१ मा फेरि भारतसँग खेल्दा मार्च २३ मा बंगलादेशसँग खेल्ने तालिका रहेको छ।

" /> भारतबाट उपाधि लिएर फर्कन्छौं: कप्तान प्रीति राई - Sarbocha Media

भारतबाट उपाधि लिएर फर्कन्छौं: कप्तान प्रीति राई

`

     २०७८ फाल्गुन २७ गते १२:४३

काठमाडौँ, २७ फाल्गुन । भारतमा हुने यू–१८ महिला साफ च्याम्पियनसिपमा सहभागी हुने नेपाली महिला टिम भारत प्रस्थान गरेको छ।

नेपाली टिमकी कप्तान प्रिती राईले तीन टोली सम्मिलित प्रतियोगितामा नेपालको लक्ष्य उपाधि उचाल्ने रहेको बताएकी बताइन्।

लगातार दुई संस्करणको उपाधि विजेता बंगलादेश र पछिल्लो संस्करणको उपविजेता आयोजक भारतसँग खेल्ने नेपाली टिमले करिब एक महिनाको प्रशिक्षण अनुभव लिएर प्रतियोगितामा सहभागिता जनाउँदै छ।

महिला टिमलाई अनुभव दिलाउने लक्ष्यसहित प्रतियोगितामा सहभागिता जनाउन लागेको भन्दै महिला विभाग प्रमुख हरि खड्काले बलिया टोलीसँग राम्रो फुटबल खेलेर स्वदेश फर्किने बताए।

तेस्रो संस्करणको प्रतियोगिताका लागि आयोजक भारतसहित नेपाल र बंगलादेशले भारतको जम्शेदपुरमा मार्च १५ देखि २५ सम्म प्रतिस्पर्धा गर्दैछन्।

डबल राउण्ड रोबिनको आधारमा हुने च्याम्पियनसिपको उद्घाटन खेलमा नेपालले आयोजक भारतसँग खेल्नेछ।

नेपाल र भारतबीचको खेल मार्च १५ मा हुनेछ भने दोस्रो खेलमा नेपालले मार्च १७ मा बंगलादेशको सामना गर्नेछ।

यस्तै मार्च २१ मा फेरि भारतसँग खेल्दा मार्च २३ मा बंगलादेशसँग खेल्ने तालिका रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?