प्रधानन्यायाधीशविरुद्धको महाअभियोगमाथि संसद्‌मा आइतबारदेखि छलफल अघि बढ्ने

`

     २०७८ फाल्गुन २७ गते ७:५६

काठमाडौँ, २७ फाल्गुन । प्रधानन्यायाधीश चोलेन्द्र समसेर  जबराविरुद्धको महाअभियोगमाथि संसद्‌मा आइतबारदेखि छलफल अघि बढ्ने भएको छ ।

फागुन २९ गते आइतबारका लागि बोलाइएको प्रतिनिधिसभाको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले महाअभियोगमाथि छलफल हुने दिन र समय तोक्ने भएका छन् ।

आइतबारको बैठकको सम्भावित दैनिक कार्यसूचीमा पनि महाभियोग प्रस्तावमाथि छलफल हुने दिन र समय निर्धारण गर्ने उल्लेख छ ।

जबराविरुद्ध फागुन १ गते माओवादीका प्रमुख सचेतक देवप्रसाद गुरुङ, कांग्रेस सचेतक पुष्पा भुसाल र नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक जीवनराम श्रेष्ठले महाभियोग प्रस्ताव दर्ता गरेका थिए । उक्त प्रस्तावमा तीनवटै दलका ९५ सांसदहरूले समर्थन जनाएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?