सुनचाँदीको मूल्यमा वृद्धि

`

     २०७८ फाल्गुन २७ गते ५:२४

काठमाडौँ, फाल्गुण २७ । शुक्रबार नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको ६ सयले बढेर तोलाको १ लाख २ हजार ६ सयमा कारोबार भइरहेको छ ।

त्यस्तै आज तेजावी सुन तोलाको १ लाख २ हजार १ सयमा कारोबार भएको महासंघले जनाएको छ ।

त्यस्तै, आज चाँदी तोलामा १० रुपैंयाँले बढेर तोलाको १४१५ मा कारोबार भएको महासंघले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?