" /> आयल निगमको रिक्त कार्यकारी निर्देशकका लागि ३ जनाको नाम सिफारिस - Sarbocha Media

आयल निगमको रिक्त कार्यकारी निर्देशकका लागि ३ जनाको नाम सिफारिस

`

     २०७८ फाल्गुन २६ गते ४:४२

काठमाडौँ, फाल्गुण २६ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल आयल निगमको कार्यकारी निर्देशक पदका लागि तीन जनाको नाम सिफारिस गरेको छ ।

मन्त्रालय अन्तर्गत गठित छनोट तथा सिफारिस समितिले चन्डिकाप्रसाद भट्ट, जीवन प्रकाश सिटौला र उमेशप्रसाद थानीको नाम सिफारिस गरेको हो ।

रिक्त कार्यकारी पदका लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले २०७८ पुस २५ मा सूचना प्रकाशित गरे पछि उक्त पदका लागि १७ जनाले आवेदन दिएका थिए । तीमध्ये सबैभन्दा बढी अंक ल्याउने तीन जनाको नाम सिफारिस गरिएको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?